एनसेलको इन्टरनेटमा छुटैछुट

देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो दैनिक डेटा प्याकमा नयाँ अफर ल्याएको छ, जसअन्तर्गत ऐनसेलका ग्राहकले अब कुनै पनि भल्युमको दैनिक डेटाप्याक खरिदगर्दा सोहि भल्युम बराबरको थपडेटा निःशुल्क प्राप्त गर्ने जनाएको छ।

एकको दुई अफर नामक यो योजना यही फागुन ७ बाट लागू एनसेलले जनाएको छ। एनसेलका सम्पूर्ण प्रिपेड तथा पोष्टपेड ग्राहकले यो योजनामा निःशुल्क सहभागी भई अफरको लाभ लिन सक्ने एनसेलले दाबी गरेको छ। एस्ट्रिक्स १७१२३ ह्याश डायल गरी अफरमा सहनै सहभागी हुनस किनेछ।

दैनिक रुपमा डेटा प्याक लिई ईन्टरनेट प्रयोग गर्न रुचाउने ग्राहकका लागि एनसेलले कर वाहेक रु ६ मा ३ एम. बि., रु ९ मा ६ एम. बि., रु १२ मा ९ एम. बि. तथा रु २० मा २० एम. बि. को दैनिक प्याक उपलब्ध गराउँदै आएको छ। यस्तोमा यो नयाँ योजनाले ग्राहकलाई सोही मूल्यमा दोब्बर डेटा प्राप्त गरि ईन्टरनेटको थप मज्जा लिनसक्ने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए।

आफ्ना गाहकलाई सुलभ दरमा उत्कृष्ट डेटाको अनुभव गराउने प्रतिबद्धता अनुरुप यो योजना ल्याएको उनले बताए।

यो योजना अन्तर्गत ग्राहकले सोहि मूल्यमा दोब्बर डेटा भल्युम प्राप्तगर्ने भएकोले यसले दैनिक प्याक अन्तर्गतको प्रतिएम.बी. डेटा मूल्यलाई आधामा झार्ने जानकारी उनले दिए। उदाहरणको लागि, ग्राहकले रु २० मा २० एम.बी.को दैनिक प्याक खरिद गर्दा थप २० एम.बी. डेटा प्राप्तगर्ने हुँदा ग्राहकले सो प्याकमा प्रतिएम.बी. ५० पैसाको दरमा ईन्टरनेट चलाउन सक्नेछन्।


Share this article: Facebook | Twitter | LinkedIn | Reddit


Comments