भाइबरको नयाँ अपडेट – रोचक र उपयोगी फिचर सहित

भाइबरले एन्ड्रोइड र आईओएसका लागि नयाँ अपडेट ल्याएको छ।

यसमा विभिन्न नयाँ फिचर दिइएको र प्रयोगकर्तालाई यो मनपर्ने कम्पनीले जनाएको छ।

यस अपडेटको मुख्य अकर्षण भनेको ‘जिआईएफ इमेज सपोर्ट’ (Gif Image Support) र ‘ब्याकअप रिस्टोर’ (Backup Restore) फिचर हो।

नयाँ अपडेटपछि प्रयोगकर्ता टेक्स्ट हिस्ट्री (Text History) लाई म्यानुअली सेभ (Manually Save) गर्न सक्नेछन्।

यसका साथै टेक्स्ट म्यासेज हिस्ट्रीलाई आईक्लाउड वा गूगल ड्राइभमा पनि सेभ गर्न सकिनेछ। उक्त म्यासेजलाई रिस्टोर पनि गर्न सकिनेछ।

अपडेटमा मनी ट्रान्सफरको लागि वेस्टर्न युनियन टेकलाई पनि समावेश गरिएको छ। यस सेवाको फाइदा २ सय देशका प्रयोगकर्ताले लिन सक्ने कम्पनीले जनाएको छ।

Download Viber: www.viber.com/en/


Share this article: Facebook | Twitter | LinkedIn | Reddit


Comments