ब्ल्याकबेरी म्यासेन्जर अब विन्डोज फोनमा पनि

ब्ल्याकबेरीले आफ्नो चर्चित म्यासेन्जर सिस्टम ‘ब्ल्याकबेरी म्यासेन्जर’ (बीबीएम) लाई विन्डोज प्लेटर्फममा पनि उपलब्ध गराउने भएको छ । यसले बीबीएम थप लोकपि्रय हुने अनुमान छ । मोबाइल बजारमा टिक्न संघर्ष गरिरहेको ब्ल्याकबेरीले पछिल्लो समय बीबीएमलाई थप सुरक्षित रहने गरेर अपडेट गरेको बताएको छ ।

ब्ल्यकबेरीले अघिल्लो वर्षदेखि बीबीएमलाई एन्ड्रोइड र आईओसएस प्लेटर्फमको लागि खुला गरेको थियो । विन्डोजमा उपलब्ध भएसँगै बीबीएम अब सबै प्रमुख स्मार्टफोन प्लेटर्फममा उपलब्ध हुनेछ । उत्कृष्ट हुँदाहुँदै पनि ब्ल्याकबेरीले लामो समयसम्म अन्य प्लेटर्फमममा उपलब्ध नगराउँदा बीबीएम लोकप्रिय बन्न सकेको थिएन ।

ब्ल्याकबेरीको सेट विक्न छाडेपछि मात्रै कम्पनीले बीबीएम अन्य प्लेटर्फममा उपलब्ध गराउन थालेको हो । बीबीएमका साढे ८ करोड प्रयोगकर्ता छन् ।


Share this article: Facebook | Twitter | LinkedIn | Reddit


Comments