साझा यातायातमा टेलिकमको वाइफाई

नेपाल टेलिकमले साउन १८ गतेदेखि साझा यातायात सहकारीबाट काठमाडौं उपत्यकाभित्र चलाइएका बसमा वाइफाई सेवा उपलब्ध गराउन थालेको छ।

वाइम्याक्स प्रविधिको उपकरणबाट सबै साझा बसमा वाइफाई उपलब्ध गराइएको हो। साझाको दुई रुटमा चल्ने १६ बसमा टेलिकमका जीएसएम र सीडीएमए मोबाइल सेवा प्रयोगकर्ताले वाइफाई सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

वाइफाई टाइप गरी १४१६ मा म्यासेज पठाएर पासवर्ड प्राप्त गरी प्रतिघन्टा १० रुपैयाँका दरले इन्टरनेट चलाउन सकिने विज्ञप्तिमा जनाइएको छ। २४ घन्टा भ्यालिडिटी हुने पासवर्डबाट अधिकतम १ घन्टा इन्टरनेट चलाउन सकिनेछ। यो सेवामा सम्बन्धित मोबाइलबाटै कम्पनीले शुल्क काट्नेछ। कम्पनीले उपभोक्ताको आकर्षण हेरेर अन्य रुटमा चल्ने बसमा पनि सेवा सुरु गर्ने उल्लेख गरेको छ।


Share this article: Facebook | Twitter | LinkedIn | Reddit


Comments